सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ६ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ६८ औ शाखा धनुषाको धनौजी र ६९औं शाखा सिराहाको अर्नमा विस्तार गरेको छ । बैकले आइतबार एक कार्यक्रमका विच उक्त दुबै शाखा सञ्चालनमा ल्याई कारोबार समेत शुभारम्भ गरेको छ ।
बैँकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैँकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।
धनौजी र अर्नमा शाखाहरु सहित बैंकले ६९ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटिएम बाट आफना ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिंदै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा