सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा, बैशाख ३१ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५-७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ ।
दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा पूर्वाधार मन्त्री कैलाश ढुंगेलले बताए ।
मन्त्री ढुंगेलले आगामी २०७५-७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई उच्च प्राथमिकता दिएको बताए ।
प्रवक्ता ढुंगेलले आगामी असार १ गते आव २०७५÷७६ को विनियोजित बजेट प्रदेशसभाको बैठकमा पेश गरिने लक्ष्यका साथ तयारी भइरहेको जानकारी बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा