सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगन्ज, बैशाख १३ । नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा आजदेखि ‘लकिङ सिस्टम’ शुरु गरेको छ ।
यो सिस्टम शुरु गरेपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी बन्द हुने निगम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक विनितकुमार उपाध्यायले बताए ।
निगमको बाँकेको राँझास्थित कार्यालयमा निमित्त कार्यकारी प्रमुख सुशील भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, इण्डियन आयल कर्पोरेशनका एसएम बोसलगायतको उपस्थितिमा उक्त लकिङ सिस्टम शुरु गरिएको हो ।
निगमको नेपालगन्ज कार्यालयमार्फत ११० बढी सवारी साधनले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा