सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २८ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल हान्दा बार्सिलोनाको जमिन हल्लिने गरेको बताइएको छ । वैज्ञानिकहरूले मेसीले गोल गर्दा बार्सिलोना सहर हल्लिने बताएका हुन् ।
अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेको बताइएको छ ।
मेसीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा गोल हानेपछि रंगशालाभित्रका दर्शक उफ्रिदा र बस्दा महशुस हुने गरी जमिन हल्लिने उनीहरुको दावी छ । वैज्ञानिकहरुले अनुसन्धानका लागि नाउ क्याम्प नजिकै सिस्मोमिटर जडान समेत गरेका थिए।
क्याम्प नाउमा करिब १ लाख दर्शकले खेल हेर्न सक्छन्। बार्सिलोनाका प्रायस् घरेलु खेलमा ९० हजार बढी दर्शक रंगशाला आउँछन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा