सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २४ । सलमान खानलाई कालो हरिण अभियोगमा अन्तमा जमानत मिलेको छ । पछिल्लो दुई रातदेखि जोधपुर सेन्ट्रल जेलमा कैदी नं १०६ बनेर रहेका खान आजै नै जेलबाट बाहिर आएका छन् ।
सलमान खानलाई ५० हजार भारु जमानत रकम र २५–२५ हजार निजि मुचुल्कामा जमानत दिइएको हो । यस घट्नामा सलमान खानलाई जोधपुर सत्र न्यायालयले ५ बर्षको जेल सजाय सुनाएको थियो ।
सलमान खानले सन १९९८ अक्टोबर १ र २ मा फिल्म ‘हम साथ–साथ हे’ को शुटिङको दौरान मध्यरातमा सलमान खानले जोधपुर मा लुणी थाना इलाकाका कांकाणी गाउँमा दुईवटा कालो हरिणको शिकार गरेका थिए ।
उक्त समय उनीसँग कारमा उनको फिल्मका स्टार सैफ अलि खान, तब्बु, नीलम, सोनाली बेन्द्रे साथै स्थानी दष्यंत सिंह पनि थिए । साक्षीहरुको कोर्टमा बताए अनुसार सलमान खानले कालो हरिण शिकार गर्दाको समय यी सबै आरोपी जीप गाडीमा रहेका थिए ।
उक्त शिकारको क्रममा निकलेको गोलीको आवाज सुनेर स्थानीय हरु जम्मा भएका थिए । स्थानीहरु आएको देखेर सलमान कार लिएर भागेको आरोप गाउँले हरुले लगाएका थिए । स्थानीयले कालो हरिण मारेको आरोपमा उजुरी दर्ता गराएको २० बर्षपछि कोर्टले सलमानलाई ५ बर्षको सजाय सुनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा