सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १९ । दिल्लीमा जन्मिएका गोलमाल एक्टर अजय देवगन आज आफनो ४९ औ जन्मदिन मनाइरहेका छन् । अजय देवगनको फिल्मलाई सायदै पनि मन नपराउने ब्यक्ति कमै हुन्छन् । उनको फ्यानहरुको लिष्टमा एक आतंककारी पनि रहेका छन् । अलकायदाका संस्थापक तथा कुख्यात आतंकी सरगना ओसामा बिन लादेन पनि बलिउडका सिंघम अजय देवगनलाई धेरै मन पराउथे ।
हालैमात्र अमेरीकाको लिडिङ एक न्युजपेपर अनुसार उनको घरबाट फेला पारीएकोे चिजकोहरुको लिष्ट देखाइएको थियो जसमा हिन्दि फिल्मको कैयौ गित तथा फिल्मको सिडिहरु फेला पारिएको थियो । जसमा सबैभन्दा धेरै फिल्मको सिडिहरु मध्ये अजय देवगनको फिल्मको रहेको पाइएको छ ।
सिआईएका अनुसार, ओसामा बिन लादेन पनि अजय देबगनका फ्यान थिए । १९९८ मा रिलिज भएको अजय देवगन र काजल अभिनित फिल्म ‘प्यार तो होना ही था’ को ‘अजनवी मुजको यीतना बता’ बोलको गित लादेनलाई धेरै मन पर्दथ्यो । उनी हरेक दिन जस्तो उक्त गित सुन्ने गर्दथे ।
अजय देवगनलाई दुईवटा राष्ट्रिय पुरस्कार र तीनवटा फिल्म फेयर अवार्डद्धारा सम्मानित गरीसकेकीएको छ । यती मात्र होइन उनले पद्मश्री पनि पाईसकेका छन् ।
सन १९९१ मन फिल्म ‘फुल और काटे’ बाट अजय देवगनले आफनो फिल्म करियर शुरुबात गरेका थिए । सन २००० मा उनले आफनो प्रोड्क्शन कम्पनि पनि शुरु गरेका थिए जसको पहिलो फिल्म ‘यु एण्ड हम’ थियो ।
अजय देवगन छोरी निशालाई आफनो सबैभन्दा बेस्ट क्रिटिक मान्छन् । उनको एक ७ बर्षको छोरा पनि छन् जसको नाम युग हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा