सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १९ । एक्शनले भरिपुर्ण टाइगर श्राँफको फिल्म “बागी–२” लाई आइतबारको विदाले फाइदा मिलेको छ । बक्स अफिस इंडियाका अनुसार तेस्रो दिन फिल्मको कमाईमा ३० प्रतिशतले बुद्धि भएको छ । फिल्मले बक्स अफिसमा शानदार पकड बनाएको छ भने हरेक दिन कारोबारमा पनि बुद्धि भएको छ ।
ट्रेड एनालिस्ट रमेश बालाको ट्विट अनुसार जानकारी दिदै आइतबार फिल्मले लगभग २८ करोड रुपैयाको कलेक्शन गरेको बताएका छन् । यसरी फिल्मले ३ दिनमा नै ७३ करोडभन्दा बढि कमाई गरेको छ । फिल्म सिंगल स्क्रिनमा जबरदस्त बिजनेस गरीरहेको छ ।
टाइगर श्राँफ र दिशा पटानी स्टार यो फिल्मले पहिलो दिन २५.१० करोड भारतीय रुपैयाको ब्यापार गरेको थियो, यसको साथै बागी–२ ले ‘पद्मावत’ लाई पछाडी छोड्दै २०१८ सालको सबैभन्दा बढि ओपनिंग कलेक्शन गर्ने फिल्म बनेको छ । फिल्मले दोस्रो दिन २०.४० करोड भारु कमायो । यसरी यसले दुई दिनमा ४५ करोड भारु कमाएको छ ।
“बागी २” को कुल बजेट ६० करोड भारु रहेको बताइएको छ । जसमा प्रोडक्शनको बजेट करीब ४५ करोड थियो भने बाकि १५ करोड प्रमोशनमा खर्चिएको छ । फिल्मले ३ दिनमा नै आफनो लागत उठाउदै मुनाफा आर्जन गर्न सुरु गरीसकेको छ । अब यसले १०० करोडको क्लबमा प्रवेशको लागी बाटो हेर्देछ ।
साधारणतय सलमान, शाहरुख र आमिर खान जस्ता सुपरस्टारको फिल्मले यती कमाइ गर्दछ तर २८ बर्षिय टाइगर र २५ बर्षिय दिशाजस्ता योङ स्टारर्सको लागी यो आकडा छुनु भनेको तारिफ योग्य हो । टाइगरको यो पहिलो फिल्म हो जुन देशभरमा ३५०० स्क्रीनमा रिलिज भयो भने विदेशहरुमा ६२५ स्क्रिन मिल्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा