सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ७ । ग्लोबल आइएमई बैंकले रामेछापको गोकुलगंगा गाँउपालिका ४, बेतालीमा आफ्नो ७९ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैकले उक्त सेवाको लागि स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।
कार्यक्रममा स्थानिय बुद्घिजीवी, सरकारी कार्यालयका प्रतिनिधि, स्थानिय निकाय र दलका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेके थियो । बैकले उक्त अबसरमा “वित्तीय साक्षरता कार्यक्रम” समेत संचालन गरेको थियो ।
उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीयहरुलाई बैंक तथा वित्तीय को बारेमा जानकारी गराए ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका उक्त क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म जानुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु बताएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२० वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ ।
बैकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरी ती देशहरुमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा