सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ६ । नेपाल बंगलादेश बैंकले काठमाण्डौको पर्यटकीय केन्द्र वसन्तपुरको झोछेँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको एटीएमको संख्या ५१ पुगेको छ ।
शुक्रबार एक कार्यक्रमबीच बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले उक्त एटीएम सेवाको शुभारम्भ गरेका हुन् । यस सेवाले वसन्तपुर क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ ।
बैंकले पहिलो अर्धबार्षिक सम्म ४३ करोड ८० लाख ४९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड ८३ हजार निक्षेप संकलन र ४१ अर्ब ११ करोड ३९ लाख कर्जा प्रवाह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा