सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र ३ । उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकजनाको मात्र उम्मेदवारी परेसँगै पुन दोस्रो कार्यकालको लागी निर्विरोध निर्वाचित भएका छन् ।
उपराष्ट्रपति पुनले शनिबार अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल छन् ।
यसैगरी, समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ छन् । यसअघि राष्ट्रपति पदको निर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छिन् । उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी दर्ताको समय शनिबार दिउँसो २ बजेसम्म निर्धारण गरिएको थियो ।
उपराष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा