सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २ । एनसिसि बैंकका सिइओसहित दर्जनौं अधिकृत पक्राउ परेका छन् । बैंकमा डेढ अर्व रुपैयाँ बराबरको घोटाला गरेको आरोपमा आज सिइओसहित एनसीसीका विभिन्न शाखामा कार्यरत केही उच्च अधिकृतहरुलाई सीआईबीले पक्राउ गरेको छ ।
यसअघि एनसीसी बैंकमा मर्ज भएको नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा कार्यरत रहेका उनीहरुलाई पक्राउ गरीएको हो ।
ब्युरोले मर्ज भएका बैंकहरुका अधिकारीमार्फत करिब डेढ अर्व रुपैयाँ बराबरको घोटाला भएको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि शुक्रबार बोर्ड बैठकमै छापा मारेको हो।
कर्जा दिने क्रममा तोकिए भन्दा बढी रकम स्विकृत गरी कर्जा प्रवाह गरेको आरोप उनिहरु माथि लगाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा