सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फगुन २९ । भर्खर २०१८ को शुरुवात चलीरहेको छ तर अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रप अहिलेदेखी नै २०२० मा हुने चुनावको अभियानको तयारीमा जुटेका छन् ।
आफनो राजनितिक भविष्यको अभियान शुरु गनु भन्दा पहिला पिट्सबर्गको उपनगरको र्यालीलाई सम्बोधन गर्दे ट्रंपले अमेरीकी काग्रेसको आगामी विशेष चुनावमा रिपब्लिकन उमेदवारलाई समर्थन गर्दे आफनो समर्थकको अगाडी नारा दिएका छन् ।
ट्रप ले उक्त सभालाई सम्बोधन गर्दे भने “के तपाईहरुलाई थाहा छ अबको दुई बर्षमा हुने चुनावी अभियान शुरु हुदा हाम्रो नयाँ नारा के हुनेछ ? हाम्रो नयाँ नारा हुनेछ ‘कीप अमेरिका ग्रेट’।” जसको मतलब हुनेछ अमेरीकालाई महान बनाइराख्नेछौ ।
२०१६ को चुनावी अभियानमा ट्रंपको नारा, “मेक अमेरीका ग्रेट अगेन” थियो । उक्त नारा अतिनै लोकप्रिय भएको थियो र र्यालीको दौरान उनको समर्थकहरुले उक्त नारा लेखिएको टोपी लगाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा