सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम, फागुन १३ । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार सञ्चालनमा संघीय कर्मचारीबाटसहयोग नभएको गुनासो गरेका छन्। मुख्यमन्त्री राउतले संघीय कर्मचारीले असहयोग गरेपछि केन्द्रीय सरकारबाट सहयोगका लागि प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रदेशमा केन्द्रबाट पठाइएका कर्मचारीहरु हालसम्म उपस्थित नभएको पनि उनले गुनासो गरेका छन् । कर्मचारीसहित प्रदेश सरकारका लागि आवश्यक स्रोत साधनसमेत अभाव रहेको भन्दै मुख्यमन्त्री राउतले सहयोग गरिदिन प्रधानमन्त्री ओलीलाई पत्र नै पठाएका छन् ।
राउतले फागुन ३ गते प्रदेश सरकार गठन भए पनि सरकारको काम अघि बढाउने क्रममा संघीय कर्मचारीहरु असहयोगी भइरहेको तथा कर्मचारी अभावका कारण कार्यसम्पादन समेत हुन नसकेको कुरा पत्रमा उल्लेख गरेका छन्।
‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलतो छ । यसबारे म प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रिमण्डलका साथीहरु तथा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट हामीले सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ’, प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ ।
समय समयमा अनावश्यक प्रान्तीय सरकारको काममा अवरोध हुनेगरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेको भन्दै राउतले असन्तुष्टि जनाएका छन्।
‘प्रदेश सरकार बन्यो, तर प्रदेशलाई चाहिने कर्मचारी र स्रोत साधनको ठूलो अभावे छ’, पत्रमा भनिएको छ, ‘केन्द्रबाट पठाइएका कर्मचारी अझै प्रदेशमा काम गर्न आइपुगेका छैनन् । कर्मचारी अभावमा प्रादेशिक काममा धेरै दिनसम्म अवरोध नगरी त्यसको विकल्पका रुपमा संघीय सरकारले अविलम्ब सहयोग गरिदिन हुन पत्रमार्फत अनुरोध गरिएको छ ।’
प्रदेश सरकार संविधान, कानुन र नियम अनुसार अघि बढ्न प्रतिबद्ध रहेको जनाउँदै मुख्यमन्त्री राउतले देश प्रादेशिक संरचनामा गएका कारण सरकारको नीतिगत, कार्यगत र स्रोत साधनमा पनि संघीय सरकारसँग सहयोग र समन्वय आवश्यक रहेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा