सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ रासस, फागुन १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने खुलासा गरेका छन् ।
आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार विस्तारका विषयमा नेकपा(एमाले)सँग छलफल टुंगिएको र आइतबार एकमुष्ठ रुपमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।
उनले भने, “एमालेले पनि मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको अन्तिम टुंगो लगाउन छलफल गरिरहेको छ । माओवादी केन्द्रका तर्फबाट करिब–करिब निर्णय गरिएको छ ।”
सबै वर्ग क्षेत्रलार्ई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएपनि तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको उनको भनाइ थियो । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको बताइए पनि उहाँले शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक हुने उल्लेख गरे ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिहीबारको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नामावली चयन गर्न अध्यक्ष दाहाल तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको थियो ।
माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । एमाले र माओवादी केन्द्रको सहमतिअनुसार एमालले १० र माओवादी केन्द्रले सात मन्त्रालय लिने सहमति भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा