सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ९ । महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ६ बेथरीस्थित एक्सटेन्सन काउन्टरलाई आजबाट शाखामा स्तरोन्नति गरेको छ ।
दुर्गम क्षेत्रहरुमा समेत बैंकिङ पहुँच विस्तार गर्दे आएको महालक्ष्मी विकास बैकले बेथरीमा रहेको एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरी आजैबाट कारोबार समेत सुरु गरेको छ ।
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको यस बैंकले गत पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गरी ग्राहकलाई थप सहजता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले सुदूर पश्चिमका दुर्गम जिल्लाहरुमा समेत आधुनिक बैंकिङ सेवा पुर्याउदै आएकोमा आगामी दिनहरुमा पनि थप सेवाहरु विस्तरा गर्दे लाने बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा