सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत पुगेका छन् । उनी भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा पनि सहभागी हुने भएका छन् । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्ने छन् । राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुईवटा परियोजना सुरु गर्ने भएका छन् ।
राजधानी नयाँदिल्लीसँगै रहेको गुडगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुडगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्नेछन् ।
“अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उनलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने । – रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा