भर्खरै

२६ सेकेण्डमा यसरी गरीन यी युवतीले प्रेम ब्यक्त, सोशल मिडियामा मच्चियो तहल्का (भिडियोसहित)


 February 12, 2018     सेतो खबर

भ्यालेनटाइन वीक चलीरहेको छ । यो माया र प्रेमको मौसममा सोशल मिडियामा एउटा मायाप्रेम को भिडियो भाइरल भइरहेको छ । जसमा दुईजना विद्यार्थी आफनो माया प्रेमको एक्सप्रेस आँखाबाट गरीरहेका छन् ।

भिडियोमा देखिएकी ति युवती हुन ‘प्रिया प्रकाश’ जसको सुन्दरतालाई देखेर युर्जरहरुले भिडियो शेयर गर्न थालेका छन् । अहिलेसम्म उक्त भिडियोलाई देश तथा विदेशबाट लाखौ भ्युज तथा लाइक मिलि सकेको छ भने इडिट गरेर बनाइएको उक्त भिडियोको टुक्रालाई करौडौले हेरीसकेका छन् ।

यो भिडियो एउटा मलयाली गीतको हो । चाडै आउन लागेको मलयालम फिल्म ‘उरु अदार लव’ को यो गीतको सानो २६ सेकेन्डको टुक्रा सिन भाइरल भएको छ । उक्त गितको बोल ‘Manikya Malaraya Poovi’  हो । गितमा युवती प्रिया प्रकाश र युवक रोशनले आँखाको र्इशारामा सबै माया प्रेमको कुरा पोख्दछन् ।

यो गीतलाई शान रहमानले कम्पोज गरेका हुन । स्कुल रोमांसलाई आधार बनाएर बनाइएको उक्त गित युट्युबमा धेरै भन्दा धेरैले मन पराएका छन् । हेर्दा हेदै उक्त गित युट्युबमा टप ट्रेडिङमा पर्न सफल भएको छ ।

भिडियोमा देखिने अभिनेत्रिको नाम हो प्रिया प्रकाश वारियर, यो उनको डेब्यु फिल्म हो । १८ बर्षकी प्रिया प्रकाश केरलको त्रिशुरकी हुन् ।

यो फिल्मलाई उमर लूलूले निर्देशन गरेका हुन् ।

भिडियोमा देखिएका युवकको नाम रोशन अब्दुल रहुफ हो । रोशन एउटा राम्रो कलाकारको साथै डान्सर पनि हुन् ।

फिल्म निर्देशक उमर लूलूको उक्त फिल्म स्कुलमा टिनएजका विच माया प्रेमको काहानीलाई समेटेका छन् । भाइरल भएको उक्त क्लिपलाई इडिट गरेर नयाँ भिडियो बनाइएको छ जुन सोशल मिडियामा भाइरल भइरहेको छ ।

Thank you for all the love and support💙

A post shared by priya prakash varrier (@priya.p.varrier) on

 

ctzn
LIC



Ime Inside