सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ १४ । संसारका सबभन्दा अग्ला पुरुष र सबभन्दा होची महिलाको अनौठो फोटोशूट इजिप्टमा गरिएको छ । उनीहरूलाई पिरामिडको पृष्ठभूमिमा फोटो सेसन गराइएको थियो । संसारका सबभन्दा अग्ला व्यक्ति ३५ वर्षीय सुल्तान कोसेन टर्कीका हुन् । उनको उचाइँ आठ फीट एक इन्च छ ।
अनि संसारकी सबभन्दा होची महिला ज्योति आमगे भारतकी हुन् । उनको उचाइँ जम्मा दुई फीट छ । इजिप्टको पर्यटन प्रवर्द्धन बोर्डको विशेष निमन्त्रणमा उनीहरू त्यहाँ पुगेका थिए । उनीहरूले पिरामिडमा अलग अलग पोजमा फोटो खिचाए ।
सुल्तान र ज्योति दुवैले सन् २०११ मा गिनिज रेकर्डमा नाम लेखाएका थिए । सुल्तानलाई पिट्युटरी जाइग्यान्टिजम नामक रोग लागेकाले उनी यति अग्ला भएका हुन् । त्यस्तै ज्योतिलाई पनि रोगका कारण होचोपनको समस्या आएको हो । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा