सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ९ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेदेखि बसिरहेको बैठकले मंगलबारै साँझसम्म उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ ।
कांग्रेसले शनिबारदेखि नै राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाउन आन्तरिक छलफल सुरु गरेपनि अहिलेसम्म प्रदेश नम्बर–७ का चारजना उम्मेदवार मात्र टुंगो लगाएको छ । बैठकमा शीर्ष नेता र प्रभावशाली केन्द्रीय सदस्यहरु सहभागी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा