भर्खरै

जलपक्षी गणनामा ६ प्रजातिका चरा घटे, ४८ प्रजातिका मात्रै फेला


 January 22, 2018     सेतो खबर

चितवन,  माघ ८। ‘ चितवनको सिमसार क्षेत्रमा को पाइएको छ । पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिम साताबाट जलपक्षी पानीचराको गणना शुरु गरिएको थियो । चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी दिनुभयो । अघिल्लो वर्ष ५४ प्रजातिका जलपक्षीको गणना भएको थियो । यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेला परेको विँडारीको भनाइ छ ।

यहाँको अनुगमनमा कूल २१३ प्रजातिका चरा अभिलेख गरिएकामा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो । उहाँका अनुसार सिन्दूरे हाँस, फुर्के हाँस, हरि हाँस, सुनचुरी हाँस, सोइरोपुच्छ«े हाँस र स्शेताखिभौँ हाँस फेला परेन । मुख्यगरी हाँस प्रजाति फेला नपरेको तर चखेवाहरु भने बढेको पाइएको छ । अनुगमन प्रतिवेदनबारे जानकारी दिँदै विँडारीले चखेवा दुई हजार ८४९, जलेवा ४२० र सिलसिले ४१० वटा फेला परेको बताउनुभयो । गणनाका क्रममा पानीमा आश्रित चराको सङ्ख्या पाँच हजार ५७६ र अन्य क्षेत्रमा बस्ने ६ हजार २१५ वटा चरा फेला परेको जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा चितवनमा चरा गणना भएको हो । नेपालको विभिन्न जलक्षेत्रमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता गणना भइरहेको पक्षीविद् संघ नेपालकाका प्रमुख डा हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको समग्रको तथ्यांक आएपछि सरकारलाई समेत प्रतिवेदन बुझाइनेछ ।

रासस

Ime Inside



Ime Inside