सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मेक्सिकोमा विश्वको सबैभन्दा लामो सुरुङ्ग फेला परेको छ । जसलाई खोजकर्ताहरुले पानीको मुनि खोजेर निकालेका हुन् । सुरुङ्गको लम्वाई ३४७ कि.मी लामो तथा १२ हजार बर्ष पुरानो भएको प्रमाणित गरिएको छ ।
सुरुङ्गको खोजतलासको क्रममा उक्त सुरुङ्गमा मानवीय चिहान पनि फेला परेको छ जस्मा केही मानविय अस्थिरपञ्जर फेला परेका छन् । यो खोजबाट माया सभ्यताको बारेमा धेरै लुकेका गोप्य तथ्यहरु उजागर हुन सक्ने अनुमान गरीएको छ ।
दक्षिणपुर्वी मेक्सिकोमा अवस्थित युकाटन आयरल्याण्डको पानीमुनी रहेको सुरुङ्ग खोज्नको लागी ग्रैन एक्युफेरो माया (जीएएम) ले आभियान चलाएका थिए । उनीहरुकै खोजबाट यो सुरुङ्ग फेला परेको हो ।
यो सुरुङ्गको नाम एकटन दिइएको छ । जहाँ जलमग्न स्थानमा सुरुङ्ग को श्रृंखला छ जुन डास ओजोससँग सम्वन्धित छ । यसको लम्बाई करीब ३२७ किमी हुन्छ ।
जिएएमका निर्देशक गुलेरमो डी एंडाका अनुसार “यो सबैभन्दा ठुलो खोज हो स्पेनको कब्जामा आउनुभन्दा पहिला माया सभ्यता कस्तो थियो यसबारेमा यो सुरुङ्गले कैयो गोप्य कुराहरु खोल्न सक्छ र यसमा केही अस्थिरपञ्जरहरु पनि मिलेको छ “।
केही ब्यक्तिहरुले माया सभ्यतामा बसाईएको बस्ति तथा तिर्थस्थल भएको अनुमान गरेका छन । उक्त सुरुङ्गमा कैयौ प्राचीन भाडाकुडाँ पनि भेटिएका छन् ।
पुरातात्विक विदहरुका अनुसार माया सभ्यता प्राचिन मंन्दिर तथा सुरुङ्गसँग जोडिएका थिए अहिले आएर यसको विषयमा अध्ययन अनुसन्धान हुुनु जरुरी भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा