सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा चुनावमा पार्टीको तयारी, उम्मेदवार चयन, अरु दलसँगको सहकार्यका बारेमा छलफल हुनेछ । राष्ट्रिय सभा निर्वाचनको विषय टुंग्याएपछि प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा ब्यहोर्नुपरेको हारका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन नेताहरुले सभापति शेरबहादुर देउवालाई दबाब दिएपछि ढिलो गरेर बैठक बोलाइएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि युवा नेताहरुले संगठन सुदृढीकरण, विभिन्न विभाग र भ्रातृ संगठनको पूर्णता एवं प्रभावकारी परिचालनलगायत विषयमा नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशन बोलाउनसमेत माग गरेका सन्दर्भमा बैठक हुन लागेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा