सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेलमा मुल्य बढाएको हो।
नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोलमा एक , डिजेल र मट्टितेलमा दुई दुई रुपैयाँ बढाएको छ ।
नयाँ मूल्य लागू भएपछि पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मटितेल ८१ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय २ , डिजेल र मटितेल ७९ रुपैयाँ थियो ।
निगमले खाना पकाउने ग्यासको मुल्यमा भने बृद्धि गरेको छैन।
नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनाए।
यसअघि पुस ४ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक / एक रुपैयाँ मुल्य बढाएको थियो भने खाना पकाउने ग्यास र हवाई इन्धनमा भने मुल्य बढाएको थिएन ।
निगमले पेट्रोलियम पदार्थमा ३० दिनमा ३ चोटी मुल्य बृद्धि गरेको छ ।
यसअघि पुस ४ मा निगमले डिजेल, पेट्रोल र मट्टितेलमा एक एक रुपैया मुल्य बृद्धि गरेको थियो ।
त्यस्तै पुस १७ गते पेट्रोल, डिजेल, मट्टितेलमा एक एक रुपैया, खाना पकाउने ग्यासमा २५ रुपैया तथा हवाइ इन्धन आन्तरिकमा ३ रुपैया मुल्य बृद्धि गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा