सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, माघ १ । पाल्पा रामपुरका गणेश आचार्यले ३ वर्ष खाडीमा बिताएर फर्किए पछि गाउँमै गाई पाल्न थाल्नुभएको छ । जर्सी र होलस्टिन जातका गाई पालेर आचार्यले खर्च कटाएर महिनामा ६० हजार रुपैयाँ कमाउनुुहुन्छ ।
उहाँ जस्तै ज्ञानराज पोखरेललाई पनि विदेशबाट फर्केपछि आम्दानीको बाटो बनेको छ गाईपालन व्यवसाय । विदेश गएर धेरै पैसा कमाउने र परिवारलाई सुख सुविधाका साथ लालनपालन गर्ने सोच राख्नुभएका पोखरेलले सोचेअनुसारको कमाइ नभएपछि घर फर्किनुभयो । विदेशका दुःखले नै उहाँलाई गाउँघरमै गाईपालन व्यवसाय थालनी गर्नुभएको हो ।
तीन वर्ष साउदीमा पसिना बगाएर फर्किएका पोखरेल अहिले रामपुरकै नमूना व्यवसायीका रुपमा चिनिन थाल्नुभएको छ । उहाँको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । उहाँले दैनिक ५० लिटर दूध उत्पादन गरेर बिक्रि गर्नुहुन्छ । यसबाट उहाँको माहिनाको ५ण् हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ । यो कमाइ उहाँले विदेशमा दिनरात गरेर पसिना बगाएको भन्दा दोब्बर हो ।
‘घरमै बसेर खर्च कटाएर मासिक ५० हजारजति आम्दानी हुन्छ, विदेशमा वर्षमा १ लाख रुपैयाँ पनि कमाइ भएन । विदेश जानुअघिका धेरै कमाउने सपना खाडीमा यसे विहिन हुन्छ,’ पोख्रेल सुनाउनुहुन्छ ।
बौघा पोखराथोकका कृषक रुकबहादुर रेश्मी पनि दुई वर्षसम्म बहराइन बस्नुभयो । विदेशबाट फर्केलगत्तै गाईफार्म चलाउनुभएका रेश्मीले दूध बेचेर मासिक लाख रुपैयाँ भन्दा धेरै हात पार्नुहुन्छ ।
विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने रेश्मीको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । ‘घरमै बसेर व्यवसाय गरियो भने पर्याप्त कमाउन सकिने रहेछ नि बल्ल पो आँखा खुले,’ उहाँले भन्नुभयो ।
पाल्पामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० भन्दा बढी युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, चापकटर मेशिन, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएपछि जिल्लामा पशुपालनमा युवाको आकर्षण बढेको पशु चिकित्सक उत्तम आचार्यले जानकारी दिनुभयो ।
विदेशको लगानी कृषिमा गरियो भने प्रशस्त कमाइ गर्न सकिन्छ । स्वदेशमै बसेर यथेष्ट आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि युवा विदेशिने गरेका छन् । विदेशको पीडा भोगेपछि हिजोआज युवा गाउँमै बसेर पशुपालनमा लाग्न थालेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा