सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २८। प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा ९ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिएनन् । विना वीभागिय भएको ६८ दिनपछि आज माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता भएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर माओवादीका नेता तथा विना वीभागिय मन्त्री गिरीराजमणी पोख्रेलले सरकारबाट फिर्ता हुने पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर रहेको पत्रमा माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाउने उल्लेख गरिएको छ । माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्रीलाई सत्ता छिटो हस्तान्तरण गर्नका लागि पनि आग्रह गरेको छ ।
सरकार छाडेको पत्रमा नै माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि सत्ता लम्ब्याउन खोजेको भन्दै छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा