सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २८। मन्त्रिपरिषद बैठकले ७ प्रदेशको प्रमुख र अस्थायी मुकाम तोक्ने भनिए पनि उक्त निर्णय गरेन। बैठकले छिन्ताङ घटनामा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ। धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा तत्कालिन मालेले गरेको सांस्कृतिक कार्यक्रममा सरकारी पक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो। घटनाको समयमा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए।
बैठकले नेपाली सेनाका उपरथी गौरव तन्दुललाई रथीमा बढुवा गर्दै संयुक्त राष्ट्र संघको फोर्स कमाण्डरमा प्रतिस्पर्धामा पठाउने निर्णय गरेको छ। यस्तै प्राविधिक महासेनानी गजेन्द्रराज शर्मालाई सहायक रथीमा बढुवा गरेको छ। नेपाल न्याय सेवा विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई पदस्थापन गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा