सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस १९ । पूजा शर्मा र प्रदीप खड्काको मुख्य भुमिका रहेको नेपाली कथानक चलचित्र ‘प्रेमगीत’ लाई युट्युबमा १ करोड भन्दा बढि पटक हेरिएको छ । जुन १६, २०१६ मा युट्युबमा पब्लिस गरिएको चलचित्रलाई करिब १८ महिनापछि १ करोड भ्युज पुगेको हो ।
करोड भ्युज पुगेसंगै युट्युबमा सबैभन्दा बढि हेरिएको नेपाली तेस्रो चलचित्र पनि बन्न सफल भएको छ । यसअघि राजेश हमालको ‘रक्षा’ र दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’ ले करोड भ्युज पार गरिसकेका छन् ।
चलचित्रमा सरोज खनाल, रूपा राणा, लक्ष्मी गिरी, नोर्वु तेर्जिङ् र राजाराम पौडेल लगायतका कलाकारको भुमिका पनि देख्न सकिन्छ ।
चलचित्रलाई सुदर्शन थापाले निर्देशक गरेका हुन भने लगानी सन्तोस शेनले गरेका हुन् । अर्जुन पोखरेलद्वारा संगीत दिएका छन भने सम्पादन सुदर्शन पौडेलले गरेका हुन् ।
यस्तो छ फिल्म ‘प्रेमगीत’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा