सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ४ । नेपाली चलचित्र ‘२ रुपैयाँ’मा समावेश रहेको गीत ‘कुटुमा कुटु’ले नयाँ रेकर्ड बनाएको छ । यो गीतले युट्युबमा ४ करोड बढी भ्युज पाएको छ । जुन अहिले सम्म नेपाली युट्युबमा सर्वाधिक भ्यु हो । राजराज सिवाकोटीको शब्द, सङ्गीत रहेको गीतमा राजराज, मेलिना राई र राजन इसानको स्वर रहेको छ ।
यस वर्षको सफल चलचित्रको सूचीमा परेका ‘२ रुपैयाँ’मा आशिफ शाह, निश्चल बस्नेत, मेनुका प्रधान, रबिन्द्र मिश्र, राजन इसान लगायतका कलाकारको अभिनय रहेको छ । भिडियोमा नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् भने कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा