सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस ४ । नेपाली सेनाले १५० अधिकृत (क्याडेट) को पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी पदपूर्तिकालागी सेनाले मंगलबार गोरखापत्रमा एक सुचना प्रकाशित गर्दे दरखास्त आह्वान गरेको हो ।
१८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेका नेपाली नागरीकले नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा गई पुस ४ देखी माघ ३ सम्म अनलाइन दराखास्त फारम भरी सो को प्रिन्ट आउटसहित स्वयम उपस्थित भई दरखास्त पेश गर्न भनेको छ । दरखास्त फारम जंगी अड्डा भद्रकालीसहित पाँच बटै पृतनाहरुमा बुझाउन पाइनेछ । दोब्बर दस्तुरमा भने माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ ।
विज्ञापन अनुसार खुलातर्फ ८३ जना, समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जना गरी १५० जनाको माग गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा