सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३। निर्वाचनमा तुलनात्मक रुपमा कमजोर बनेको नेपाली कांग्रेसले महासमिति बैठक बोलाउनेबारे आन्तरिक छलफल थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकका लागि निकटस्थहरुसँग छलफल सुरु गर्नुभएको छ ।
कांग्रेसको विधानमा महासमिति बैठक प्रत्येक वर्षमा एकपटक गर्नैपर्ने प्रावधान रहेको छ । अझ विशेष परिस्थिति र केन्द्रीय समितिले वा महासमिति सदस्यको चालिस प्रतिशतले माग गरे महासमिति बैठक बोलाइनुपर्ने प्रावधान पनि रहेको छ । पछिल्लो निर्वाचनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तन वा महासमिति बैठक बोलाइनुपर्ने माग बढ्दै गएको छ । समानुपातिक निर्वाचनको अन्तिम नतिजा आएसँगै केन्द्रीय समिति र त्यसको एक महिनामा महासमिति बैठक बोलाउनेबारे आन्तरिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।
कांग्रेसको १३ औं महाधिवेशनपछि दुई वर्ष पुग्नै लाग्दा समेत महासमिति बैठक बोलाइएको छैन । यस्तै कांग्रेसका विभागहरुले समेत पूर्णता पाएका मात्र छैनन्, पदाधिकारी नियुक्ति पनि हुन सकेको छैन । यसले कांग्रेस सभापति देउवाको नेतृत्वमा प्रश्न उठ्न थालेको कांग्रेसकै नेताहरुले बताउँदै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा