सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, मंसिर २९ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मोरङमा खसेको मतमध्ये पाँच प्रतिशतभन्दा बढी बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल चार लाख ६५ हजार ३४ मत खसेकोमा २४ हजार ६ सय ४४ अर्थात् ५ दशमलव ३४ प्रतिशत मत बदर भएको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं–१ मा ७१ हजार ४ सय २७ मत खसेकोमा तीन हजार २ सय ७७ अर्थात् ४ दशमलव ३९ प्रतिशत मत बदर भएको छ ।
त्यस्तै, क्षेत्र नं २ मा ८० हजार २४९ मत खसेकोमा चार हजार ४ सय ६० अर्थात् ५ दशमलव ५६ प्रतिशत मत र क्षेत्र नं ३ मा ९१ हजार ६ सय ०३ मत खसेकोमा चार हजार १ सय ६० अर्थात् चार दशमलव ५४ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं ४ मा ७१ हजार ५८ मत खसेकोमा चार हजार १ सय २९ अर्थात् ५ दशमलव ८१ प्रतिशत मत बदर भएको हो ।
क्षेत्र नं ५ मा सबैभन्दा बढी मत बदर भएको छ । सो क्षेत्रमा ६८ हजार २ सय ९२ मत खसेकोमा चार हजार ३ सय ६३ अर्थात् ६ दशमलव ३९ प्रतिशत र क्षेत्र नं ६ मा ७९ हजार १२८ मत खसेकोमा चार हजार २ सय ५५ अर्थात् ५ दशमलव ३८ प्रतिशत मत बदर भएको थियो । मोरङमा कूल ६ लाख ४४ हजार ७ सय ८२ मतदातामध्ये चारलाख ३५ हजार ३४ अर्थात् ७२ दशमलव २५ प्रतिशत मतदान भएको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा