सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ , मंसिर २१ । पहाडी तथा तराई–मधेशका ४५ जिल्लामा भइरहेको दोस्रो चरणको निर्वाचनमा कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार छ। निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ।
आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ। सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा