चुनाव अपडेट

यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर


 December 3, 2017     सेतो खबर

काठमाडौं, मंसिर १७ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १५ पैसा र विक्रिदर २५ रुपैयाँ ३० रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रिदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ८८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ५९ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ १८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Ime Inside



Ime Inside