सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर १ । ज्योति विकास बैंकले महोत्तरी जिल्लाको रामगोपालपुरमा शाखा विस्तार गरेको छ । बैकले आज एक कार्यक्रमका विच महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ५ स्थित रामगोपालपुर बजारमा आफनो शाखा संचालनमा ल्याएको हो ।
शाखाको उद्घाटन रामगोपालपुर नगरपालिकाका मेयर असोक कुमार मण्डल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको हो ।
समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा बैकका अध्यक्ष खड्काले मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब निकट भविष्यमानै ग्रामीण भेगमा थप शाखा विस्तार गर्ने बताउनु भयो ।
बैकले उक्त शाखा मार्फत कृषि, उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन ल्याउने बताएको छ ।
बैंकले हाल ४६ शाखा तथा १४ वटा एटिएम मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु उपलब्ध गराउदै आएको छ ।
राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा