सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २८ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ ।
४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाए । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अल आउट गरेको थियो । वर्षाले प्रभावित भएपछि खेल २४ ओभरमा झारिएको थियो ।
मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपालले सामान्य चुनौति पाएको थियो । २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाले १५.३ ओभरमा ४५ रन हुँदा सबै विकेट गुमाएको हो । मलेसियालाई नेपालका सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान २–२ विकेट लिए । त्यस्तै, अनिल कुमार शाहले एक विकेट लिए ।
यही समूहको अर्को खेलमा अहिले भारत र बंगलादेश भिडिरहेका छन् ।
वर्षाको कारण ३२ ओभरमा घटाइएको खेलमा बंगलादेशले जितका लागि १ सय ८८ रनको चुनौती पाएको छ । टस हारेको भारतले पहिले व्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १ सय ८७ रन जोडेको हो ।
यी दुई खेलपछि नै समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । २ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक, एक खेल जितेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा