सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिल्म ‘लुट २’ पाइरेसीको चपेटमा परेको छ । फिल्म पाइरेसी गर्ने व्यक्ति पत्ता लागिसकेको र छिट्टै नै कानुनी कठघरामा ल्याइने यसका निर्माता तथा निर्देशक निश्चल बस्नेतले बताएका छन् ।
‘अबका दिनमा यस्तो नहोस् र सकारात्मक सन्देश दिन पनि पाइरेसीकर्तालाई हामी कानुनी कारबाही गर्छौ’, निश्चलले भने । नेट टीभिमा राखिएको लुट २ त्यहीबाट पाइरेसी भएको निश्चलले बताए । पाइरेसीकर्ता नेपालमै रहेकाले खोजी कार्य भैरहेको उनको भनाई छ । उसो त फिल्म केही विदेशी मुलमा मात्रै प्रदर्शन हुंन बाँकी छ । डिजिटल र ग्लोबल राईट्स हाईलाइटस नेपालले लिएको छ । नेपालमा बम्पर ओपनिङ गरेको ‘लुट २’ धेरै विदेशी मुलमा प्रदर्शन भैसकेको छ ।
यसअघि पाइरेसीको चपेटामा ‘ड्रिम्स’, ‘कोहिनुर’, ‘प्रेमगीत’, ‘पशुपति प्रसाद’, देखि ‘छक्का पञ्जा’ जस्ता फिल्महरु परेका छन् । यी मध्ये केही फिल्मकर्मीले मात्रै पाइरेसी गर्नेलाई कानुनी कारबाही र क्षतिपूर्ति तिराएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा