सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नामिबियाको शिक्षा मन्त्रालयले विद्यालयमा बढ्ने बालिकाका लागि बुधबारदेखि निःशुल्क ‘सैनिटरी प्याड’ बाड्न थालेको छ ।
रजस्वलाको बखतमा बालिकाहरू विद्यालयमा उपस्थित नहुने क्रम बढीरहेका
ले त्यसलाई कम गर्नका लागि भन्दै यस्तो परियोजना शुरु गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शिक्षामन्त्री कत्रिना हन्स हिमार्वाले परियोजनाको शुभारम्भ गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले न्यून आय भएका परिवारका झण्डै पाँच हजार बालिकालाई हरेक महिना यस परियोजनाबाट लाभ उठाउने बताउनु भएको छ ।
मन्त्री हिमार्वाले निःशुल्क प्याड उपलब्ध गराउँदा ३० देखि ५० प्रतिशत छात्रा विद्यालयमा आइरहने सम्भावना रहने एक अध्ययनले देखाएको पनि जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०११/०१२ मा २२ हजार बालबालिकाले विद्यालयस्तरको पढाई बीचैमा छाडेका थिए ।
उनीहरूमध्ये ठूलो संख्यामा ग्रामीण क्षेत्रका बालिका रहेका छन् । बालिकाहरूले विद्यालय छोड्नुको पछाडि विद्यालयदेखि घरसम्मको दूरी टाढा हुनु, बिरामी भइरहनु, गर्भवती हुनु र असक्त हुनुलगायत मुख्य कारण रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा