सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सघन शहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहीन काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
समिति सदस्यहरुले सो बैठकमा सघन शहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न गरेपछि मन्त्री राईले त्यस्तो पाइएमा सरकारले कडा कारबाही गर्ने जानकारी दिए ।
कार्यक्रमको तत्काल अनुगमन गरी दोषिलाई कारबाही गर्न मन्त्री राईले बैठकमा उपस्थित सचिवलाई निर्देशन दिएका छन् ।
यसैक्रममा, मन्त्री राईले भने, “गुुणस्तर हिन निर्माण सामाग्री प्रयोग भएको पाईए ठेकेदार र कर्मचारीलाई कारवाही गछौँ । एक इन्च पनि गुणस्तरहीन काम शहरी विकास मन्त्रालयले गर्दैन । ”
स्थानीयको अवरोध तथा स्थान अभावका कारण मुलुकका विभिन्न शहरमा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साइट निर्माणको काम रोकिएको जानकारी दिए ।
मन्त्री राईले अधिकतम सहमति अनुसार नै मन्त्रालयले काम गरिरहेको भन्दै स्थान उपलब्ध गराएमा निर्माण कार्य तत्काल अघि बढाइने निर्णय गरेको बताएका छन् ।
नयाँ शहर निर्माण गर्दै जाने सरकारको नीति अनुसारको कार्यप्रगती अपेक्षाकृत हुन नसकिरहेको अवस्थामा कार्य हुन नसक्नुको अवस्था पहिचान गरि प्राथमिकताको आधारमा प्रभावकारीताका साथमा काम अघि बढाउन शहरी विकास मन्त्रालयलाई समितिले आग्रह गरेका छन् ।
नयाँ शहर व्यवस्थापनमा भएका प्रगति तथा काठमाडौं उपत्यकाको फोहर संकलन र व्यवस्थापनका बारेमा समितिले शहरी विकास मन्त्रीको साथै सम्बन्धीत निकायका अधिकारीसँग छलफल गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा