सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटिएको जनाएकोे छ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुमा रवि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटिएको जनाएको हो । गत ३० साउनदेखि तीनै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।
पाँच/पाँच दिन गरी दुई पटक म्याद थप गरेर अनुसन्धान गरेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आइतबार बुझाएको थियो । प्रतिवेदनको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले रविसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटिएको भन्दै मुद्दा दर्ता गरेको छ ।
चितवन जिल्ला अदालतमा दायर मुद्दामा तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।
मुद्दा दर्ता भएकाले अव थुनछेक बयान लिइनेछ । बयानपछि थुनामै राखेर मुद्दा चलाउने, धरौटी माग्ने वा साधरण तारेखमा छोड्नेबारे बहस हुनेछ । बहसपछि मात्रै अदालतले आवश्यक निर्णय लिनेछ ।
गत २० साउनमा पत्रकार पुडासैनी आत्महत्या अगाडि दिएको भिडियो रेकर्डका आधारमा उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यसअघि नै ३ जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ५–५ दिन गरी २ पटक १० दिनका लागि म्याद थप गरेको थियो । तीन जनाविरुद्ध थपिएको १० दिनको म्याद पूरा भएपछि आइतबार प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
गत साउन २० गते नुवाकोटका पत्रकार पुडासैनीले चितवनको होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नु अघि पुडासैनीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न वाध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा