सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । फ्रान्सको बेरिट्जमा भइरहेको ‘जी–७’ शिखर सम्मेलनलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकाले व्यापार सम्झौता गर्ने हो भने, राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको व्यापारमा लगाएका प्रतिबन्धहरु फुकुवा गर्नु पर्ने जनाइएका छन् ।
उक्त सम्मेलनमा सम्बोधन गर्ने क्रममा जोनसनले बेलायत र अमेरिकाबीचको व्यापारमा धेरै व्यवधानहरु रहेको बताएका छन् ।
जनसनले सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग बिहान ब्रेकफास्ट मिटिङ गरेका थिए भने, अन्य नेताहरुसँग छलफल गरेका थिए ।
ब्रेक्जिटको विषयमा युरोपेली संघ परिषद्का अध्यक्ष डोनल्ड ट्रम्प सँग प्रधानमन्त्री जोन्सनको भेट हुँदै आएको छ ।
‘बेलायतका व्यापारिक कम्पनीका लागि धेरै अवसरहरु छन्, अमेरिकन बजार खोलिनुपर्छ,’ जोन्सनले ट्रम्पसँगको भेट अघि भनेका थिए, ‘ती अवसरहरु लिनका लागि अमेरिकन मित्रहरुले पनि समझदारी आवश्यक छ किनभने अहिले त्यहाँ धेरै अवरोधहरु छन् ।’
हालै अमेरिकाले लगाएको अवरोधको उदाहरण दिँदै प्रधानमन्त्री जोन्सनले भने, ‘थाइल्याण्ड र आइसल्याण्डमा बिक्री भइरहेको मेल्टोन माउब्रे पोर्क पाइले अमेरिकी बजारमा प्रवेश पाइरहेको छैन । खाद्य तथा औषधी प्रशासनले केही खाद्यवस्तुमा लगाएको प्रतिबन्धका कारण त्यसो भएको हो ।’ उनले थप भने, ‘बेलायतका ‘बेल पेप्पर’ अमेरिकी बजारमा प्रवेश पाउँदैनन् ।’
यदी बेलायतमा उत्पादन भएको ‘वाइन’ अमेरिका निर्यात गर्न चाहेमा अमेरिकी बितरकमार्फत जानुपर्ने प्रधानमन्त्री जोन्सनले बताएका छन् । यसैगरी वाइनका जहाजलाई कडा प्रतिबन्ध लगाइएको छ भने, बेलायतका ‘माइक्रो–ब्रिवरी’मा अमेरिकामा ट्याक्स लगाइएको छ ।’
राष्ट्रपति ट्रम्पले बेलायतसँग गत महिना सम्पन्न वार्तामा व्यापार सम्झौता ठोस निष्कर्षतिर गएको बताएका थिए ।
बेलायत युरोपेली संघबाट अलग भएपछि द्विपक्षीय व्यापार ३ देखि ५ प्रतिशतले बृद्धि भएको छ भने, यसले कस्तो परिणाम प्राप्त भयो भन्ने विषयमा विस्तृत रुपमा जनाइएको छैन ।
यदी ‘ब्रेकजिट’ले ‘गुड फ्राइडे सम्झौता’ अवमूल्यन गरे बेलायत र अमेरिकाबीचको व्यापार सम्झौता कांग्रेसमार्फत नहुने अमेरिकी सभामुख न्यास्सी पेलोसीले बताइन् ।
उनका अनुसार व्यापार सम्झौताका लागि दुई वा सो भन्दा बढी देशहरु सहमत हुनुपर्छ भने, वस्तु र सेवाको किनबेचका लागि ती देशहरु सहमत हुनुपर्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा