सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अभिनेता प्रभास र श्रद्धा कपुरको आउन लागेको फिल्म ‘साहो’ लाई लिएर फ्यानहरु धेरै नै उत्साहित छन् । फिल्को ट्रेलर नै सावित गरिदिएको छ कि यो फिल्ममा कति एक्शन छ । यो फिल्मको हालै रिलिज भएको गित ‘ब्याड ब्वाई’ युट्यूब मा धेरै समय नं १ ट्रेडिङमा रह्यो । यो गितमा प्रभाससँग उनकी हिरोइन श्रद्धा होइन ज्याकलिन धेरै नै हट अवतारमा देखिएकि थिइन । ज्याकलिनको यो गितमा धेरै नै चर्चा भयो यी दुबैको जोडी पनि गितमा निकै दमदार रह्यो ।
तर गितसँग पछिल्लो समय ज्याकलिन आफनो फिस लाई लिएर पनि चर्चामा छिन् । रिपोर्टको कुरा गर्ने हो भने ज्याकलिनले प्रभाससँग केबल एउटा गितमा अभिनय गर्नको लागी पुरै २ करोड भारु लिएकि छिन् । यो गितमा र्यापर बादशाह र नीति मोहले आफनो आवाज दिएका छन् ।
प्रभासको फिल्म ‘साहो’ १५ अगस्ट रिलिज हुन गईरहेको थियो । तब विविध कारणले गर्दा ३० अगस्टमा रिलिज हुन गईरहेको छ । ‘साहो’ लाई हिन्दि, तामिल र तेलुगु तीन भाषाहरुमा शुट गरिएको छ । ‘साहो’ मा प्रभास र श्रद्धा कपुर लगायत नील नितिन मुकेश, जेकी श्राँफ, मंदिरा बेदी, महेश मांजरेकर, चंकी पांडे, अरुण विजय र मुरली शर्मा पनि मुख्य भुमिका निर्वाह गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा