सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाठडौँ । नेपाल भ्रमणका लागि भारतीय विदेशमन्त्री डा.सुव्रमण्यम जयशंकर आगामी बुधबार आउने भएका छन् । यसैक्रममा, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बुधाबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् ।
भट्टराईले रिपोर्टर्स क्लब नेपालले मंगलबार भारतीय विदेशमन्त्री डा. जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा नेपाल-भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको बताएका छन् ।
यसैक्रममा, भट्टराईले साक्षात्कारमा भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सबल हुने राम्रो आधार तय भएको स्पष्ट पारेका छन् । भट्टराईले भने,‘ दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरुबीच पनि विश्वासको वातावरण बनेको छ । अहिले सघन कुराहरु हुन थालेका छन् । समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ ।’
भारतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको भन्दै भट्टराईलेभने, ‘भारतसँग हाम्रो दुई तिहाइको व्यापार हुन्छ, शिक्षा, पर्यटन, धार्मिकलगायत सबै क्षेत्रमा सुमधुर सम्बन्ध छ । सीमा, डुबानलगायत १९५० को सन्धि र ईपीजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ । यो महत्वपूर्ण फोरम हो । हामीबीच रहेका सबैखाले समस्याहरुलाई कुटनीतिक पहलमार्फत समाधान खोज्छौँ ।’
विगतका समस्याहरु समाधान गर्दै आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनुपर्ने र विदेश सम्बन्धका आधारभुत कुराहरुमा अघि बढाएर अघि बढ्ने उनको भनाइ छ ।
यसैगरी भारतको कश्मीरको बारेमा नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको ? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा भट्टराईले हरेक घटनामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको बताएका छन् ।
नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने उक्त कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदूत डा.दुर्गेशमान सिंंहले बताएका छन् ।
भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्दएको पनि सिंंहले स्पष्ट पारे । ‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ, वर्षौँदेखि सम्झौता गरेर थन्किएका प्रोजेक्टहरुले अब गति लिन्छन् । ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् । यो राम्रो कुरा हो ।’
भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले बताएका छन् । दीक्षितले भने, ‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ ।’
यसैक्रममा, दीक्षितले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने सुझाव छ दिएका छन् । दीक्षितले भने, ‘आजसम्म भएका सम्झौताहरु के कति कारणले कार्यान्वयन भएनन् ? यी विषयमा गम्भीर समीक्षा हुनुपर्छ ।’ संयुक्त बैठकमा हाइड्रोदेखि इरिगेशनसम्मका कुरा अघि बढ्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा