सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको छ।’
मन्त्रालयले नेपाल भारत संयुक्त आयोग बैठक आरम्भ हुनु दुई दिनअघि गरेको पत्रकार सम्मेलनमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच समग्र दुईपक्षीय विषयमा बैठक हुन लागिरहेको बेला नेपालले कश्मीर मामिलामा बारे केही धारणा व्यक्त गरेको हो।
नेपाल सरकारले पहिलोपटक भारतको आफ्नो संविधानको धारा ३७० र अनुच्छेद २५ खारेजीपछि धारणा व्यक्त गरेको हो । यसैक्रममा, भारतले जम्मू कश्मीरको विशेष राज्यको मान्यता खोसेको छ । यसैगरी, लद्दाखलाई छुट्टै राज्य बनाएको छ।
क्षेत्रीय शान्तिको विषयमा अडेर मात्र नेपालले आफ्नो धारणा राख्ने जनाएको थियो ।
नेपाल अहिले सार्कको वर्तमान अध्यक्षतामा रहेको छ । नेपालले भारत र पाकिस्तानको विषयमा बोल्न पनि चाहँदैन। राष्ट्रसंघको सुरक्षा परिषदमा समेत ब्युँतिएको विषयलाई लिएर जम्मु कश्मीरमा तनाव जारी रहेको छ पाकिस्तानले भारत विरुद्ध विरोध जारी राखेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूतावासले काम गरिरहेको पनि जनाएका छन् ।
यसैक्रममा, परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको र कुनै पनि घटनाले शान्ति खलबलिन नहुने जनाएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले यस क्षेत्रको शान्ति खलबलिन नदिने विषयलाई भारतले पनि गम्भीरतापूवर्क लिने विश्वास व्यक्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा