सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापनाभई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की जिल्लाको माछापुछ्रे सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट शुरु गरेकोछ ।
बैंकले शुरुवाती रुपमाआफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सह अगुवाई रसानीमा बैंक लिमिटेडको सदस्यता रहेको सह-वित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको हो ।
कुल परियोजनालागत रु. ५ अर्व ८० करोड रुपैंया रहेको उक्त परियोजनामा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकोअगुवाईमा सहवित्तीयकरण समेत गरी रु. ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाहहुनेछ ।
देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिई स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवं आवश्यकअध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा