सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन ३२ । निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पु¥याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पु¥याउने विषयमा सहमति जुटेको राजधानि दैनिकले छापेको छ ।
मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो । हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ ।
संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद ६० भएमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनमा पनि कर्मचारीको उमेर हद ६० वर्ष नै हुनेछ । संघीय निजामती सेवा ऐन प्रदेश र स्थानीय सेवा ऐनको मार्गदर्शक ऐन हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा