सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३१ । नेपाली लोक तथा दोहोरी गायक कमल बि.सि माल्दाइ र चर्चित गायिका पुर्णकलाको आवाज रहेकको नयाँ तिज गीत बजारमा आएको छ । ‘बर्दियामा घर छ, मलाई के को मलाई के को डर छ’ बोलको तीज गीत रहेको छ ।
गायक बि.सीकै युट्युब च्यानलबाट बजारमा आएको उक्त गीतमा आफ्नो जन्मभूमी बर्दिया जिल्लालाई समेटेर गीत तयार पारिएको हो ।
यादब देबकोटा (सरापे) अञ्जली चन्द ठकुरी र टेन्सन क्षेत्रीको दम्दार प्रस्तुती रहेको यस गीतको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् । बागेश्वरी म्युजिकबाट बजारमा आएको यस गीत यस गीतमा गायक कमल बिसी माल्दाइकै शब्द, संगीत रहेको छ ।
गीत छमछम नाच्न मिल्ने खाल्को भएकोले छोटो समयमा चर्चामा आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा