सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३० । नेपाली महिलाहरुको महान् पर्व तीज नजिकिँदै जाँदा तीज विषेश गीतहरु धमाधम बजारमा रिलिज हुने सख्या बढ्दो क्रममा रहेको छ । यसैक्रममाभ, नवगायिका संगी अधिकारी पोखरेलले मौलिक शैली झल्काउने तीज गीत ‘मैले त खोजेको यस्तै घर हो’ सार्वजनिक गरेकी छन् ।
प्रकाश सुवेदीको शब्द रहेको गीतमा राजकुमार बगरको लय र राजु कार्कीले संगीत भरेका छन् । गीतको भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन र सुमन सागर जङ्ग केसीले निर्देशन गरेका हुन् ।
उक्त गीतको म्यूजिक भिडियोमा सुशीला थापा, रिचा पोख्रेल, सुमन सागरजङ्ग केसी लगायतका कलाकारको अभिनय गरेको छ । यो गीतमा एउटा असल पारिवारिक वातावरणको अपेक्षा सहितको कामना समेटिएर बनाएको छ ।
https://www.youtube.com/watch?v=1N9ej208zgg
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा