सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २६ । आइतबार राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौँमा आयोजना गरेको चालु आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा भाग लिँदै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको बताएका छन् ।
खेलकुदमन्त्री विश्वकर्माले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हुन् । सोहि गोष्ठीलाई सम्बोधन गर्दै खेलकुदमन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।
यसैक्रममा, खेलकुदमन्त्री विश्वकर्माले सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको स्पष्ट पारे।
अबको डेढ वर्षभित्र गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेगरी आवश्यक योजना तय गरिएको पनि खेलकुदमन्त्री विश्वकर्माले जानकारी दिए ।
खेलकुदमन्त्री विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराएका छन् ।
यसैगरी सरकारले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहमा खेलकुद ग्रामको विकास गर्न चाहेको पनि उनले स्पष्ट पारेका छन् ।
सो कार्यक्रममा खेलकुदमन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई सुशासनमा जोड दिन पनि निर्देशन दिइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा