सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन १९ । सिभिल बैंकले केहि महिना अगाडी मात्र ल्याएको “सम्मान बचत खाता” खोले पश्चात दूर्घटनामा परी मृत्यु भएका साहिद अली मनीहारको परिवारलाई सात लाख दिएको छ । बैकले साहिदको मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत उक्त रकम बराबरको चेक निजको श्रीमति नूरजहाँ मनीहार लाई हस्तान्तरण गरेको हो ।
“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको बैकले आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा १ लाखसम्म र दुर्घटना मृत्युमा ७ लाख सम्मको बीमा सुबिधा प्रदान गरेको थियो जसको लागी निश्चित रकम खातामा राख्नै पर्ने बाध्यता छैन ।
सिभिल बैंकले आधुनिक प्रबिधि युक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा