सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
के तपाईले कुनै यस्तो गाउँको बारेमा सुन्नु भएको छ, जहाँ केबल छोरीहरु मात्र जन्मछन् । पोल्याण्ड र चेक रिपब्लिक को सिमामा एउटा यस्तो अनौठो गाउँ बसेको छ, जहाँ केबल छोरीहरु मात्र जन्मछन् । यो गाउँमा पछिल्लो ९ बर्षदेखी कुनै पनि छोरी जन्मिएका छैनन् ।
यो गाउँको नाम हो मिजेस्के ओद्रजेनस्की । यहाँ अन्तिम पटक सन २०१० मा एक जना छोराको जन्म भएको थियो तर त्यसपछि छोरा पाउने परिवारले त्यो गाउँ छोडेर दोस्रो गाउँमा गएर बसे । यहाँको जनसंख्या हाल ३०० नजिक छ, जसमा सबैजसो छोरीहरु छन् ।
यो गाउँमा हाल सबैभन्दा कम उमेरका छोरा १२ बर्षका छन् । मिडिया रिपोर्टको अनुसार, यहाँ छोरीहरु त प्राय जन्मि रहन्छन, तर छोरा मान्छे जन्मनु धेरै दुर्लभ छ । यही कारण हो कि यहाँका मेयर रेजमण्ड फ्रिशकोले जसको घरमा छोरा जन्मन्छ त्यसलाई इनाम दिने घोषणा समेत गरेका छन् ।
गाउँले हरुले अहिलेसम्म आफुले छोरीहरु मात्र जन्मने कारणको विषयमा अहिलेसम्म केही थाहा पाउन नसकेको बताए । यद्यपी, पोल्याण्डको राजधानी वारसाको एक विश्व विद्यालयले यो रहस्य जान्नको लागी रिसर्च समेत शुरु गरेको छ ।
वारसाँ की मेडिकल युनिभर्सिटिका प्रोफेसर रफाल प्लोस्कीका अनुसार, गाउँमा छोरा जन्मी रहेका छैनन, यो अनौठो घटना त हो नै, साथै धेरै चिन्ताको बिषय पनि हो । उनका अनुसार, यो रहस्यको समाधान खोज्नु् सजिलो छैन । यसको लागी गाउँका सबै पुराना रेकर्डहरु हेनुर्् पर्ने हुन्छ । यसको अलावा छोरीहरुका आमा–बुबाका बिच कुनै पछिल्लो सम्बन्ध छ वा छैन, यानी उनीहरु बिच टाढाको सम्बन्ध त छैन, यो पनि जान्नु आवश्यक हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा